शनिबार २६ पुस, २०८२

मंसिरमै भित्रियो झन्डै २ खर्ब रेमिट्यान्स

मंसिरमै भित्रियो झन्डै २ खर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष मंसिर महिनामै करिब २ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत मंसिरमा १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ बराबर रेमिट्यान्स आएको छ । यो कात्तिकको तुलनामा ५० अर्बले धेरै हो ।

राष्ट्र बैंकका अनुसार कात्तिकमा १ खर्ब ३३ अर्ब बराबर रेमिट्यान्स आएको थियो ।

चालु आव २०८२/८३ को पाँच महिना अर्थात् मंसिरसम्म रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ ।

गत आव सोही अवधिमा ४.७ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष मंसिरमा १ खर्ब १८ अर्ब ७९ करोड बराबर रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आव मंसिरसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । गत आव यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । चालु आव मंसिरसम्म खुद द्वितीय आय ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड थियो  ।

चालु आव मंसिरसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५ सय ९१ र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९ सय २४ छ ।

गत आव सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख ९० हजार ३ सय ८४ र १ लाख ३५ हजार ४ सय २५ थियो ।