आइतबार २७ पुस, २०८२

डल्फिन फिड्समा खाद्य प्रविधि विभागको छड्के, ५० बोरा मकै अखाद्य

डल्फिन फिड्समा खाद्य प्रविधि विभागको छड्के, ५० बोरा मकै अखाद्य

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नेपालगंजमा रहेको डल्फिन फिड्स प्रा।लिको गोदाममा अखाद्य पदार्थ भेटी नष्ट गरेको छ ।

कार्यालयले बाँके जिल्ला कोहलपुर न.पा.- ७ स्थित डल्फिन फिड्स प्रा.लि.को अनुगमन निरीक्षण गर्दा उद्योग परिसरमा ९३ बोरा मकै कैफियत युक्त भनि उद्योगले ट्याग टासेर राखेको पाइएको थियो ।

उक्त ९३ बोरा मकैको प्रयोगशाला परिक्षण गर्दा ५० बोरा मकैमा कैफियत देखिएको र बाँकी ४३ बोरा मकै प्रयोगका लागि अनुकूल देखिएकोले मिति २०८२/०९/२४ गते खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज, कोहलपुर न.पा. वडा नं. ७ का वडाध्यक्ष र डल्फिन फिड्स प्रा।लि संचालकको रोहबरमा ५० बोरा . ५० के.जि.,जम्मा २,५०० के.जि. तौलको, ८२, ५००र(बराबरको) मकै नष्ट गरिएको कार्यालयले जनाएको छ  ।