हिमालयन लाइफले लाभांश नदिने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आवको लाभांश वितरण नगर्ने भएको छ।
कम्पनीको २५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/०८२ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो।
बैठकले सोहीबमोजिम वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणसमक्ष पेस गर्ने निर्णय भएको कम्पनी सचिव ईश्वर कुमार सेढाईंले जानकारी दिए।
