१६ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका १६ जना डीएसपीलाई (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आज सोमबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल सिफारिस भएका छन् ।
त्यस्तै धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दीलिपकुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मानबहादुर राई, मोहनबहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी, छेदीलाल कामती, हरिबहादुर ओली, प्रदीपकुमार सिंह र दिपक भारतीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
