मंगलबार २९ पुस, २०८२

राष्ट्रपति पौडेलद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आव्हान  गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका हुन्  ।

शीतल निवासका अनुसार संवत् २०८२ साल माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन बस्नेछ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०९/२८ को सिफारिसमा उक्त अधिवेशन आव्हान गर्नुभएको शीतल निवासले जनाएको छ।