मंगलबार २९ पुस, २०८२

हिमाचल आगलागी अपडेट : ९ नेपाली सम्पर्क विहीन

हिमाचल आगलागी अपडेट : ९ नेपाली सम्पर्क विहीन

काठमाडौं । भारतको हिमाचलमा सोमबार राति भीषण आगलागी भएको छ । उक्त आगलागी घटनामा ९ जना नेपाली सम्पर्कविहीन भएका छन् ।

भारतस्थित नेपाली दूतावासका एक अधिकारीले हिमाचलको सोलन जिल्लाको अर्की बजार क्षेत्रमा बस्ने ९ जना नेपाली श्रमिक पनि आगलागीको घटनामा परेको हुन सक्ने भन्दै उनीहरू अहिले सम्पर्कविहीन रहेको बताएका छन् ।

आगलागीबाट सो बजार क्षेत्रका १०/१२ वटा घर जलेर ध्वस्त भएको थियो । आगलागीका क्रममा ग्यास सिलिडरहरू समेत विष्फोट भएको थियो । आगलागी भएको ठाउँबाट २ वटा शव निकालिएको छ । शवको पहिचान हुन सकेको छैन । शव पहिचानका लागि डीएनए गर्नुपर्ने बताइएको छ ।

आगलागीमा परी बेपत्ता भएका ९ जना नेपाली नागरिकको खोजी भइरहेको भारतस्थित नेपाली दूतावासका अधिकारी डा. सुरेन्द्र थापाले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार हिमाचल सरकारले आगलागीमा परी हराइरहेका व्यक्तिहरूको खोजीकार्यलाई तीव्र पारिएको छ ।

भग्नावशेषमा हराइरहेका नेपालीहरूको सूची हिमाचल प्रहरीले दूतावासलाई उपलब्ध गराएको छ । उक्त सूची अनुसार बेपत्ता हुनेमा सल्यान जिल्लाका ५ महिला र ४ पुरुष छन् ।