गगन र विश्वलाई देउवा पक्षको कारबाही – पार्टीबाट पाँच वर्षका लागि निष्कासन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन पक्षले कारबाही गरेको छ ।
सानेपामा सम्पन्न संस्थापन पक्षीय केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय थापा र शर्मासँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको हो।
उक्त कारबाहीबारे जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार दिउँसो सानेपामा आयोजित पत्रकार भेटघाटमार्फत दिएका हुन्।
