राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच पेशाकर्मी सरल कर्जा तथा तलबी बचत खाता सञ्चालनसम्बन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ।
सम्झौता–पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट कार्यकारी निर्देशक बिमल डंगोलले हस्ताक्षर गरेका हुन् ।
यसअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकले चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका कर्मचारीहरूको लागि तलबी बचत खाता सञ्चालन गर्नेछ भने पेशाकर्मी सरल कर्जा र अन्य आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।
सम्झौता कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका निर्देशक विनोद प्रसाद न्यौपाने र सिए किरण कुमार खत्री, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, उप–कार्यकारी अधिकृत विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल, रामकुमार थापा, ब्रान्च अपरेसन विभागका प्रमुख आनन्द सुवेदी र उपभोक्ता बैंकिङ विभागका प्रमुख भोलानाथ पौडेल लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।
राष्ट्रिय वाणिज्य बैंक हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकाम, दुर्गम क्षेत्रसमेत गरी ३१२ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटिएम र ९९ शाखा रहित बैंकिङ ईकाइ मार्फत आधुनिक बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।
