आइतबार १८ माघ, २०८२

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई आजदेखि बिक्रीमा

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई आजदेखि बिक्रीमा

काठमाडौं । नेपाल लाइफ क्यापिटलले आज माघ ४ गतेदेखि सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको छ । क्यापिटलले नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई निष्काशन गरेको हो ।

यस योजनाको आकार १ अर्ब ६० करोड अर्थात् १० रुपैयाँ प्रति इकाईको दरले १६ करोड इकाई रहेको छ । जस मध्ये २ करोड २४ लाख इकाई कोष पर्बदक नेपाल लाइफ इन्स्योरेन्सलाई छुट्याईएको छ भने १६ लाख इकाई कोष व्यवस्थापक नेपाल लाइफ क्यापिटललाई छुट्याईएको छ ।

बाँकि रहेको १३ करोड ६० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । जसमा न्युनतम १०० इकाई र अधिकतम १ करोड ६० लाख इकाईको आवेदन दिन सकिने छ । लगानीकर्ताले छिटोमा माघ ८ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सकिने छ ।

नेपाल धितोपत्र बोर्डले पुस १३ गते कम्पनीलाई फण्ड निष्काशनको अनुमति दिएको हो। यो नेपाल लाइफ क्यापिटलको पहिलो म्युचुअल फण्ड हुनेछ । बन्दमुखी यस फण्डको अवधि १० वर्षको रहेको छ ।

नेपाल लाइफ क्यापिटल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो।