आइतबार १८ माघ, २०८२

प्रि ओपन सेसनमा करिब १ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा करिब १ अंकले घट्यो नेप्से

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.९० अंकले घटेर २६४०.५२ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा ३४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १८ कम्पनीको सेयर मूल्य बढेको छ । आज उक्त सेसनमा २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०३ अंकले बढेर ४५४.७६ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ५५ कम्पनीको ५२ हजार ३१६ कित्ता सेयर ११६ पटक खरिद बिक्री हुँदा ४ करोड ७ हजार ८६३ रुपैयाँको कारोबार भएको छ ।