रास्वपाका तारा जोशी डडेल्धुराका उम्मेदवार, दिए प्रदेश सांसदबाट राजीनामा
काठमाडौं । डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभामा विजयी भएका डा. तारा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएको छ ।
पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका उनी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहेका थिए ।
अघिल्लो पटक डडेल्धुरामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र लडेका सागर ढकालको चर्चा रहेपनि रास्वपाले डा. जोशीलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो ।
डा. जोशी कांग्रेस माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका तत्कालीन सामाजिक विकास मन्त्री गोविन्दराज बोहरालाई ४ सय २५ मतले पछि पार्दै विजयी भएका थिए ।
प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उनले सांसद पदबाट राजीनामा दिएका छन् ।
