शनिबार ०९ फागुन, २०८२

कामना सेवा विकास बैंकले कमायो ३९ करोड ४५ लाख खुद नाफा

कामना सेवा विकास बैंकले कमायो ३९ करोड ४५ लाख खुद नाफा

काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तसम्म कामना सेवा विकास बैंकले ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशत बढी हो । त्यसबेला बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ११.१९ प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी ९.१६ प्रतिशत, सञ्चालन आम्दानी १०.८२ प्रतिशत र सञ्चालन मुनाफा २०.९१ प्रतिशत बढेको छ ।

बैंकको निष्क्रिय कर्जा ४.३५ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा झरेको छ भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ६ पैसा बढेर २० रुपैयाँ ४३ पैसा पुगेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८ पैसा घटेर १५ रुपैयाँ ३२ पैसामा झरेको छ ।

यस अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब २४ करोड २५ लाख रुपैयाँ सञ्चित छ । बैंकले यस अवधिमा ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ ।