शनिबार ०९ फागुन, २०८२

धादिङ-१ बाट आशिका तामाङ बनिन् रास्वपा उम्मेदवार

धादिङ-१ बाट आशिका तामाङ बनिन् रास्वपा उम्मेदवार

काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने भएकी छन् । रास्वपाले धादिङ-१ बाट टिकट दिएको छ ।

आशिकाले यसअघि काठमाडौं-२ वा ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।

तर उक्त घोषणाबाट पछि हटेर उनी धादिङ-१ बाट रास्वपा उम्मेदवार बनेकी हुन् । आशिकाको जन्मथलो यँही हो।

आशिकाले रास्वपामा आउनका लागि जेनजी घाइतेहरुको एजेन्डा अघि सारेकी थिइन् । उनको प्रस्तावमा तीनजना जेनजी घाइतेहरुलाई रास्वपाको बन्दसूचीमा समेटिएको छ भने केन्द्रीय समितिमा पनि लैजाने सहमति भएको छ ।

रास्वपा सरसफाइ लगायत समाजिक अभियानमा सक्रिय छिन् । उनी जर्मनीको बसाइ छोडेर चुनाव लड्ने ध्येयसहित नेपाल आएकी हुन् । उनले धादिङमा थुप्रै सामाजिक काम पनि गरेकी छन् ।