बालेन प्रधानमन्त्री नभएर आत्मदाह गर्ने अमरेशकुमारको घोषणा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका यसअघिका स्वतन्त्र साँसद डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गर्दै बालेन प्रधानमन्त्री नभएर आत्मदाह गर्ने सार्वजनिक घोषणा गरेका छन् ।
जनकपुरमा सोमबार आयोजित रास्वपाको सभामा बोल्दै सिंहले बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने बताएका हुन ।
उनले भने, ‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु ।’
उनले दोहोर्याएर भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’ बालेनलाई देशको महानायक भन्दै सिंहले आफ्नो गम्झा देखाउँदै भोट मागे ।
