प्रतिनिधिसभा निर्वाचन : मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ जनाको उम्मेदवारी
मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ११८ जनाको उम्मेदवारी परेको छ । ९१ जनाले विभिन्न राजनीतिक दलबाट र २७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सवैभन्दा बढी क्षेत्र नं. ५ मा २२ र कम क्षेत्र नंं २ मा १७ जनाको उम्मेदवारी परेको छ ।
मंलबार विहान १० देखि साँझ ५ वजे सम्ममा सो संख्यामा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् । निर्वाचन तालिका अनुशार माघ ७ गते उम्मेदवार विरुद्ध उजुरी दिने र माघ ९ गते अन्तिम नामावली प्रकाशन, स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।
क्षेत्र नं. १ मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ४ जना स्वतन्त्र र १४ वटा राजनीतिक दलबाट १८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसबाट खड्ग फागु, नेकपा एमालेबाट घनश्याम खतिवडा, नेकपाबाट कुलप्रसाद साम्बा, रास्वपाबाट यज्ञमणि न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाबाट पूर्णबहादुर वाईवा, नेपाल जनमुक्ति पार्टीबाट फिवराज लिम्वु, नेकपा माओवादीबाट डिल्लीराम नेपाली, मितेरी पार्टी डिल्लीराम लिम्वु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलकुमारी लावती, राष्ट्रिय परिवर्तन पार्टीबाट दुर्गाकुमारी तामाङ, जसपा नेपालबाट दुर्गाप्रसाद दर्लामी, श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिन, मंगोल नेशनलबाट सुरज लिम्वुको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट यामप्रसाद दाहाल, मिलन भण्डारी, प्रेम वर्देवा र इशोर वाग्लेको उम्मेदवारी परेको छ ।
क्षेत्र नं. २ बाट १७ जनाको उम्मेदवारी परेको छ । ४ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । सो क्षेत्रबाट नेपाली कांग्रेसका डा। मीनेन्द्र रिजाल, एमालेका दिलिपकुमार अग्रवाल, नेकपाका चन्द्रवीर राई, रास्वपाका कृष्णकुमार कार्कीले उम्मेदवारी दिएका छन् ।
क्षेत्रबाट राष्ट्रिय उर्जाशील पार्टीबाट मनोजकुमार राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बु, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट माधवप्रसाद राजवंशी, जनता समाजवादी पार्टी नेपालबाट विनोदकुमार सिंह गनगाई, नेपाली राष्ट्रिय परिवर्तन पार्टीका धन वहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०का मेघेन्द्र कुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टी कन्सराज राजवंशी, श्रम संस्कृति पार्टीबाट अबुहो रैरहले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट नरेशकुमार साह, अनिलकुमार साह, राजन निरौला र बधु ऋषिदेवले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं। ३ बाट २१ जनाको उम्मेदवारी दर्ता भएको छ । ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सो क्षेत्रबाट नेपाली कांग्रेसका डा। सुनिलकुमार शर्मा, एमालेका इरन राई, नेपाली कम्युनिष्ट पार्टी डा. देउमान सम्वाहाङफे, रास्वपाबाट गणेश कार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।
सो क्षेत्रमा राष्ट्रिय उर्जाशील पार्टीका भुवनकुमार वाग्ले, नेपाल मजदुर किसान पार्टीका पर्शुुराम विश्वास थारु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डिल्लीवहादुर जबेगु, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का खड्गबहादुर कार्की , राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमप्रसाद सुवेदी, मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राई,संयुक्त नागरिक पार्टीका विदुर अधिकारी, श्रम संस्कृति पार्टी अमिर मगर, जनता समाजवादी पार्टी नेपालका मजेबुल रहमान, आम जनता पार्टीका कमलकुमार राई, जय मातृभूमि पार्टीका नवराज मास्के र उज्यालो नेपाल पार्टीका मित्रसेन योञ्जनले उम्मेदवारी दिएका छन् । सो क्षेत्रबाट स्वतन्त्रमा दलवहादुर थापा, सुरेश लिम्बु, कन्चन न्यौपाने, तेजप्रसाद भण्डारी र गणेश मिश्रको उम्मेदवारी परेको छ ।
क्षेत्र नं. ४ बाट २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । सो क्षेत्रबाट नेपाली कांग्रेसका गुरुराज घिमिरे, एमालेका जीवन घिमिरे, नेकपाका अमनलाल मोदी, रास्वपाका सन्तोष राजवंशीले उम्मेदवारी दिएका छन् ।
सो क्षेत्रमा समावेशी समाजवादी पार्टीका नुमा लिम्बु, नागरिक उन्मुक्ति पार्टीका हरिनारायण चौधरी, आम जनता पार्टीका अशोक शर्मा, नेपाल मजदुर किसान पार्टीका जयराम थारु, मंगोल नेशनल अर्गनाइजेसनका गोल्छा राई, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०का हरिबहादुर बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीका माधवप्रसाद आचार्य, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हरनु मुसहर, जनमत पार्टीका जिवनकुमार गुप्ता, जनता समाजवादी पार्टीका तवरेज अखतर आलम, श्रम संस्कृति पार्टीका कृष्णकुमार अटल, उज्यालो नेपाल पार्टीका विनोद परियार र राष्ट्र निर्माण दलका कल्पना देवी यादवले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट भक्तमणी दाहाल, विनोदकुमार कार्की र ज्ञानेन्द्र खत्रीको उम्मेदवारी दर्ता भएको छ ।
क्षेत्र नं. ५ बाट २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सो क्षेत्रबाट नेपाली कांग्रेसका फूलकुमार लालवानी, एमालेका मनोज अग्रवाल, नेकपाका शिवकुमार मण्डल, राष्ट्रिय उर्जाशिल पार्टीका योगेन्द्र मण्डल, जसपा नेपालका राजकुमार यादव, रास्वपाका आशा झाको उम्मेदवारी परेको छ ।
नेपाल मजदुर किसान पार्टीबाट गंगाकुमारी राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मंगल ऋषिदेव, राष्ट्रिय प्रजातन्त्र पार्टी कुमोद राय, प्रगतिशील लोकतान्त्रिक पार्टीका राजेन्द्रप्रसाद मण्डल केवट, स्वतन्त्र सूर्य नारायण ठाकुर, जनमत पार्टी परमेश्वर मुर्मु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गंगाप्रसाद गिरी, राष्ट्रिय मुक्ति पार्टी नेपालका नरेशकुमार लाभ, मंगोल नेशनल अर्गनाइजेसनका सकुन्तला श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट सुजितकुमार साह, जयनारायण शर्मा, ममता यादव, मोहमद रेजा हुसैन, राजकुमार राजवंशी, अमरकुमार यादव र विकाश श्रेष्ठको उम्मेदवारी परेको छ ।
क्षेत्र नं. ६ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ४ जना स्वतन्त्र र १६ वटा राजनीतिक दलबाट २० जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइराला, एमालेका विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्रकुमार राय, राष्ट्रिय स्वतन्त्र पार्टीका रुविना आचार्य, राप्रपाबाट सविन निरौलाको उम्मेदवारी परेको छ ।
मंगोल नेशनल अर्गनाईजेसनबाट अनु मगर, नेकपा माओवादीबाट कुमारप्रसाद खतिवडा, नेमकिपाबाट तिलकराम राजवंशी, सार्वभौम नागरिक पार्टीबाट प्रिति झा, आम जनता पार्टीबाट बद्री पासवान, नागरिक उन्मुक्ति पार्टीबाट बलराम खवास, उज्यालो नेपालबाट बसन्त बुढाथोकी, जसपाबाट महमद जाविर, श्रम संस्कृति पार्टीबाट मातृका पौडेल, जसपा नेपालबाट राजु मण्डल राजवंशी, जनमतबाट सुधराम माझीले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट राम खत्री, खडानन्द रिजाल, किरण खड्का र उत्तम दाहालले उम्मेदवारी दिएका छन् ।
मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेका छन् ।
