फेरि ओरालो लाग्यो शेयरबजार : ९ अंकले नेप्से घट्दा ८ अर्बको कारोबार
काठमाडौं । अघिल्लो दिन नेप्से सूचक ४८ अंकमाथिले बढेर उत्साहित भएको शेयरबजार दोस्रो दिन पुनः ओरालो लागेको छ । आज नेप्से सूचक ९.४३ अंकले घट्दै २ हजार ७०५.३८ अंकमा ओर्लिएको छ ।
उसो त आज आज कारोबारमा समेत गिरावट आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । ९ अंकमाथिले नेप्से सूचक घट्दा यता ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ बराबरको २ करोड १६ लाख ४१ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको छ ।
यस दिन प्रायः सबैजसो उपसूचक ऋणात्मक हुँदै बजारनै राताम्मे भएको छ । सबैभन्दा बढी होटल तथा पर्यटन र फाइनान्स समूहको उपसूचक क्रमशः १.८८ प्रतिशत र १.६७ प्रतिशतले घट्न पुगेको छ । अरु समूहको उपसूचक भने १ प्रतिशत कमले घटेका छन् ।
