शुक्रबार ०९ माघ, २०८२

माधव नेपालविरुद्ध उजुरी, उम्मेदवारी खारेज गर्न माग

माधव नेपालविरुद्ध उजुरी, उम्मेदवारी खारेज गर्न माग

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सह-संयोजक माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।  

रौतहट १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामनरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् । उनले नेपालको उम्मेदवारी खारेजीको माग गरेका छन् । 

पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र भ्रष्टाचार मुद्दा दायर भई निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम निर्वाचन लड्न अयोग्य हुने भएकाले नेपालको उम्मेदवारी खारेज हुनुपर्ने दाबी उजुरीमा गरिएको छ ।

ujuri-madhab--1768992094.jpg