शुक्रबार ०९ माघ, २०८२

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ४१३ जनाले रक्तदान गरेका छन् ।

रक्तदानसँगै निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा आयोजित स्वास्थ्य शिविरमा २५० जना कर्मचारीको स्वास्थ्य परिक्षण गरिएको छ । 

विसं २०२२ मा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक यही माघ १० गते  स्थापनाको ६० वर्ष पूरा गरी ६१औं वर्षमा प्रवेश गर्दैछ ।