शुक्रबार ०९ माघ, २०८२

उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मुलुकको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेश प्रदेशमा भने वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ ।