शनिबार ०९ फागुन, २०८२

सेयर बजारमा एकल अंकको सुधार, कारोबार रकम ९ अर्ब माथि

सेयर बजारमा एकल अंकको सुधार, कारोबार रकम ९ अर्ब माथि

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक बढेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको घटेको छ । आज १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स भने ०.४७ अंकले घटेर ४६५.४२ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ भने ३ वटाको घटेको छ । 

परिसूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज ३३२ कम्पनीका १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर ९४ हजार १७४ पटक खरिद बिक्री हुँदा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार ९८ रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।