शुक्रबार ०९ माघ, २०८२

कुलमानको पार्टीका ३ जना केन्द्रीय सदस्यले दिए राजीनामा

कुलमानको पार्टीका ३ जना केन्द्रीय सदस्यले दिए राजीनामा

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का ३ केन्द्रीय सदस्यले राजीनामा दिएका छन् ।  पार्टीले उनीहरुलाई समानुपातिक उम्मेदवारसमेत बनाएको थियो ।

कुलमान घिसिङ नेतृत्वको उक्त पार्टीका तीन जना केन्द्रीय सदस्यहरुले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा नेताहरु डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् ।