डा.अनुप बास्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् ।
डा.बास्तोलालाई टेकु अस्पताल पठाउने निर्णय केही दिनअघि नै गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयमा तानेर फाजिलमा राखिएका बास्तोलालाई अनुभव अनुसारको जिम्मेवारी दिएर टेकु पठाइएको बताइएको छ । यसअघि यस अस्पतालको निर्देशक रहेका डा. युवानिधि बसौलालाई गण्डकी प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको थियो ।
डा.बसौलाको सरुवा भएपछि रिक्त रहेको निर्देशक पदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.बास्तोलालाई नियुक्त गरेको हो ।
