शुक्रबार ०९ माघ, २०८२

आइसल्यान्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

आइसल्यान्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । आइसल्यान्डमा कुकको काममा पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भएका ३१ वर्षीय रोजबहादुर श्रेष्ठ छन् । उनलाई कागेश्वरी मनोहराबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले एक जनालाई कुकको काममा आइसल्यान्ड पठाउने भन्दै १२ लाख ४० हजार ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।