कर्मचारी सञ्चय कोषमा ३६ जनालाई जागिरको अवसर
काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न तहका ३६ कर्मचारी भर्ना गर्न लागेको छ।
कोषले जारी गरेको सूचनाअनुसार आठौँ तहको प्रबन्धकदेखि चौथो तहको सहायकसम्मका पदमा कर्मचारी आवश्यक रहेका छन्।
खुला प्रतियोगितामार्फत समावेशी सिद्धान्तअनुसार स्थायी पदपूर्ति गरिने हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूलाई दरखास्त दिन आह्वान गरिएको छ।

