शनिबार ०९ फागुन, २०८२

सुपर हेवा पावरले आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा मुक्तिनाथ क्यापिटल

सुपर हेवा पावरले आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं। सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनको तयारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि १९ करोड २९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।

१९ करोड २९ लाख रुपैयाँ बराबर हुन आउने १९ लाख २५ हजार कित्ता साधारण शेयरको प्रत्याभूति व्यवस्थापन कार्यका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता सम्पन्न गरेको छ ।

उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ क्षेत्रमा अवस्थित हेवा खोलाको पानी उपयोग गरि ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।