शनिबार १७ माघ, २०८२

एक तोला सुनको मूल्य तीन लाख ३ हजार ८ सय रुपैयाँ पुग्यो

एक तोला सुनको मूल्य तीन लाख ३ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल रु छ हजार ४८० कायम भएको छ । 

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको थियो ।     

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।