बिहीबार १५ माघ, २०८२

एक घण्टामा १ प्रतिशतले बढ्यो नेप्से, ४ अर्ब माथिको कारोबार

एक घण्टामा १ प्रतिशतले बढ्यो नेप्से, ४ अर्ब माथिको कारोबार

काठमाडौं । सेयर कारोबार हुने पहिलो दिनको पहिलो एक घण्टामा नेप्से परिसूचक १.१७ प्रतिशतले बढेको छ ।

आइतबारको पहिलो एक घण्टाको कारोबार जारी रहँदा परिसूचक ३१.८० अंकले बढेर २७४६.४१ विन्दुमा पुगेको हो ।

आजको पहिलो एक घण्टाको अवधिमा २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ कम्पनीको घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने यो एक घण्टाको अवधिमा स्थिर रहेको छ । परिसूचक उच्च अंकले बढेको एक घण्टामा ४ अर्ब माथिको कारोबार भएको छ । 

पहिलो एक घण्टामा सेयर बजार मा ४ अर्ब १ करोड २७ लाख ४५ हजार १६३ रुपैयाँको कारोबार भएको छ । यो अवधिमा सेयर बजारमा ८४ लाख ७ हजार ५६५ कित्ता सेयर खरिद बिक्री भएका छन् ।