शनिबार ०९ फागुन, २०८२

वाणिज्य विभागको बजार अनुगमन, कार्टस इन्टरप्राइजेजलाई ५० हजार जरिवाना

वाणिज्य विभागको बजार अनुगमन, कार्टस इन्टरप्राइजेजलाई ५० हजार जरिवाना

काठमाडौं । नियमित बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

अनुगमनका क्रममा कैफियत फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उक्त फर्ममाथि कारबाही गरिएको विभागले जनाएको छ।

विभागका अनुसार काठमाडौंका विभिन्न १७ वटा फर्ममा गरिएको अनुगमनमध्ये कार्टस इन्टरप्राइजेज प्रालिमा कानुनविपरीत गतिविधि देखिएकाले जरिवाना गरिएको हो। बाँकी १६ वटा फर्मलाई भने आवश्यक सुधार गर्न निर्देशन दिइएको छ।

विभागले उपभोक्ता हित संरक्षणका लागि नियमित बजार अनुगमनलाई निरन्तरता दिँदै सुधारात्मक अभियानलाई अझ तीव्र बनाइरहेको जनाएको छ।