किन पक्राउ परे युवराज सफल ?
काठमाडौँ । आफूलाई अभियन्ताका रुपमा चिनाउने युवराज पौडेल (सफल) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको एसपी पवनकुमार भट्टराईले बताए ।
उनीविरुद्ध महान्यायाधिवक्ता सबिता भण्डारीविरुद्ध तथ्यहिन कुरा लेखेको आरोप प्रहरीले लगाएको छ ।
उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप छ ।
महान्यायाधिवक्ताको कार्यालयले ८ माघमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको भट्टराईको भनाइ छ ।
