बिहीबार १५ माघ, २०८२

अयान एग्रो ट्रेडर्स र स्टोर अन द डोरलाई साढे २ लाख बढी जरिबाना

अयान एग्रो ट्रेडर्स र स्टोर अन द डोरलाई साढे २ लाख बढी जरिबाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यावसायिक फर्मलाई २ लाख ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको बजार अनुगमन क्रममा कैफियत भेटिएका ललितपुरको अयान एग्रो ट्रेडर्स र काठमाडौंको स्टोर अन द डोर प्रालिलाई उक्त जरिबाना तिराएको हो ।

विभागको अनुगमन टोलीले सोमबार ललितपुर महानगरपालिका–२९ स्थित अयान एग्रो ट्रेडर्सलाई २ लाख रुपैयाँ जरिबाना गरेको थियो। मंगलबार काठमाडौं नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित स्टोर अन द डोर प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

यसका साथै विभागले दुई दिन अवधिमा २५ फर्म अनुगमन गर्दा एक फर्मलाई कागजात सहित उपस्थित हुन र २२ लाई सुधार गर्न निर्देशन दिएको छ ।

जरिबाना बाहेक कारबाहीमा सोमबार ललितपुर–८ स्थित जुना ट्रेडिङ प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन पत्राचार गरिएको थियो । यस्तै ११ फर्मलाई सामान्य निर्देशन दिइएको थियो ।

मंगलबारको अनुगमनमा बालाजुका गणपति खाद्य भण्डार, शुभाङ्गी गोल्ड, चन्द्रागिरिका हरपल फुड्स लगायत ११ फर्मलाई सुधार गर्न निर्देशन दिइएको छ ।