जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ
काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सल्यान घर भएका जुद्धबहादुर सिंह छन् । उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो ।
उनले जंगी अड्डा अगाडिको पेट्रोल पम्प अगाडि झोलामा बम राखेको भन्दै हल्ला फैलाएको आरोप छ ।
झोला खोलेर हेर्दा इटा फेला परेको प्रहरीले बताएको छ ।
