सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे १४ अर्ब माथिको कारोबार
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज भने १७.५३ अंकले घटेर २७१४.०५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको सेयर मूल्य आज बढेको छ । त्यस्तै आज ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.५५ अंकले घटेर ४६२.७१ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको बढेको छ ।
परिसूचक घटेको दिन साढे १४ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३२० कम्पनीका ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर १ लाख ३८ हजार ८८३ पटक खरिद बिक्री हुँदा १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
