बिहीबार १५ माघ, २०८२

निर्वाचनका लागि भारत सरकारले दियो नेपाललाई २ सय २० वटा गाडी

निर्वाचनका लागि भारत सरकारले दियो नेपाललाई  २ सय २० वटा  गाडी

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी साधनहरु प्रदान गरेको छ ।

निर्वाचनका लागि नेपाल सरकारको आग्रह अनुसार भारत सरकारले दोस्रो लटमा उक्त सवारी साधनहरु हस्तान्तरण गरेको हो ।

बिहीबार अर्थमन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सवारी साधनहरुको साँचो हस्तान्तरण गरेका थिए । अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रह अनुसार भारत सरकारले निर्वाचनका लागि सवारीसाधान सहयोग गरेको जानकारी दिए ।

भारतले उपलव्ध गराउने करिव ६५० वटा बिभिन्न किसिमका सवारी साधानमध्ये बिहीबार दोस्रो लटमा करिव २२० वटा सवारीसाधन प्राप्त भएको उनले बताए ।

यसपछि बाँकी रहेका सवारी साधानका साथै प्रहरीलाई आवश्यक अन्य सामाग्रीहरु समेत भारत सरकारबाट सहयोगस्वरुप प्राप्त हुने मन्त्री खनालले जानकारी दिए । केहि दिनअघि भारतले ६० भन्दा बढी सवारीसाधान नेपाललाई हस्तान्तरण गरेको थियो ।