शुक्रबार १६ माघ, २०८२

सुनको मूल्यमा एकै दिन साढे २० हजारकाे गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा एकै दिन साढे २० हजारकाे गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारि गिरावट आएको छ । अघिल्लो दिन एकै दिन २० हजार ५०० रुपैयाँले बढेको सुनको मूल्य आज त्यति नै घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २० हजार ५०० रुपैयाँ र चाँदी ४४० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुन तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ४४० रुपैयाँले घटेर ७ हजार ६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ रहेको थियो ।