शुक्रबार १६ माघ, २०८२

बालेनको प्रचारमा गएका व्यक्ति अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

बालेनको प्रचारमा गएका व्यक्ति अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचार अभियानका क्रममा अछाम पुगेका एक व्यक्ति बेहोस भएका छन् । उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बिहिबार बिहान अचानक बेहोस भएपछि उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको हो ।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर सिटौलालाई काठमाडौं ल्याइएको हो । “सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएका छौं,” बुढाले जानकारी दिए ।

सिटौला काठमाडौंबाटै बालेनसँगै चुनावी प्रचार अभियानमा सहभागी हुँदै अछाम पुगेका थिए ।