प्रचण्ड कम्युनिस्ट एकताबाट भागेको विप्लवको आरोप
काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट एकताबाट आफूहरू नभई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भागिरहेको बताएका छन ।
आज (शुक्रबार) काठमाण्डूमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिस्ट एकताबाट भागेर प्रचण्डलगायतका केही नेताहरूले गम्भीर त्रुटि गरिरहेको उनले बताएका हुन ।
माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरूसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने पनि बताएका छन । उनले प्रचण्डले एकताका लागि केहिदिन अघि गरेको आह्वानमा विप्लवले विचलनकारीहरूले एकताको अपील गरेको नसुहाउने बताए ।
उनले जनतासँग सम्पूर्ण रुपमा जोडिएको शक्तिले मात्रै एकताको अपिल गर्न सुहाउने तर्क गरे । माओवादी आन्दोलनलाई बिर्सजन गर्ने प्रकारको कुनै पनि एकतामा आफुहरु सहभागी नहुने उनले स्पष्ट पारे ।
उनले पार्टीले उठाएका एजेण्डाका साथै सत्यतथ्य विचारका साथ जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छन ।
