तरलता बढेपछि बजारबाट ३० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । बजारमा तरलता बढेपछि सोको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले ५२ दिने निक्षेप संकलन उपकरण मार्फत ३० अर्ब रुपैयाँ तान्न लागेको हो।
यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै बोलकबोल गर्न पाउनेछन्। यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत् बोलकबोल गर्नु पर्नेछ। यसको साँवा र ब्याज भुक्तानी आगामी चैत ११ गते हुने राष्ट्र बैंकले जनाएको छ।
ब्याजदर बोलकबोलबाटै निर्धारण हुने राष्ट्र बैंकले जानकारी दिएको छ। यसमा बैंक तथा वित्तीय संस्थाहरूले बोलकबोल गर्दा न्यून्तम १० करोड रुपैयाँ र अधिकतममा ५ करोड रुपैयाँले निःशेष भाग जाने संख्यामा निष्कासित रकम बराबर बोलकबोल गर्न सक्नेछन्।
