भारतीय अर्थमन्त्रीको बजेट भाषण– नेपाललाई १२ अर्बभन्दा बढी अनुदान दिने
काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्षमा नेपाललाई करिब ७ सय करोड भारतीय रुपैयाँ अर्थात् १२ अर्बभन्दा बढी नेपाली रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने भएको छ।
आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२६/०२७ को वार्षिक बजेटमा नेपालका लागि १२ अर्ब ८० करोड नेपाली रुपैयाँ बराबरको अनुदान विनियोजन गरिएको उल्लेख छ।
चालु आर्थिक वर्षमा भने भारतले नेपाललाई ७ सय ३० करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने संशोधित अनुमान गरिएको छ।
भारतले छिमेकी मुलुकहरूमध्ये सबैभन्दा धेरै अनुदान भुटानलाई प्रदान गर्दै आएको छ । आगामी आर्थिक वर्षमा भुटानलाई २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरिएको छ।
पाकिस्तानबाहेक भारतले सबै दक्षिण एसियाली मुलुकलाई अनुदान उपलब्ध गराउँदै आएको छ।
