कालिञ्चोक हाइड्रोपावरले पायो आईपीओको अनुमति, सर्वसाधारणका लागि १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने
काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई माघ १९ गते आईपीओको अनुमति प्रदान गरेको छ । अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्नेछ ।
कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशीक रोजगारीमा गएका नेपाली कामदारलाई जारी गर्ने छ भने दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन गर्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
