मंगलबार २० माघ, २०८२

प्रभु बैंकका सीईओ अशोक शेरचनले दिए राजीनामा

प्रभु बैंकका सीईओ अशोक शेरचनले दिए राजीनामा

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सोमबार बसेको बैंक सञ्चालक समिति बैठकमा राजीनामा बुझाएका हुन् । 

बैंकका अनुसार पूर्वअध्यक्ष देवीप्रसाद भट्टचन र उनका साझेदार कुसुम लामासँग सम्बन्धित लेनदेन विषयमा प्रहरीले अनुसन्धान थालेपछि उक्त अनुसन्धानलाई सहयोग पुर्‍याउने उद्देश्यले शेरचनले पद त्यागेका हुन् ।

राजीनामापछि शेरचनले बैंकको बोर्ड र व्यवस्थापनलाई सम्बोधन गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् ।

उनले सम्पूर्ण कर्मचारीलाई एकता, धैर्य र आत्मबलका साथ जिम्मेवारी निर्वाह गर्न आह्वान गरेका छन् । बैंकबाट बाहिर रहे पनि संस्थाप्रति आफ्नो सहयोग निरन्तर रहने उनले बताएका छन्।