मंगलबार २० माघ, २०८२

५ खर्ब ५७ अर्ब भन्दा बढी मोबाइल बैंकिङ कारोबार

५ खर्ब ५७ अर्ब भन्दा बढी मोबाइल बैंकिङ कारोबार

काठमाडौ । चालु आर्थिक वर्षको पुष महिनामा ५ खर्ब ५७ अर्ब भन्दा बढी मोबाइल बैंकिङ कारोबार भएको छ । विद्युतीय कारोबारमा मोबाइल मार्फत हुने कारोबार सबैभन्दा बढी छ ।

मोबाइल बैंकिङ अन्तर्गत ६ करोड ८३ लाख कारोबार मार्फत ५ खर्ब ५७ अर्ब ४८ करोड रुपैयाँ कारोबार भएको छ ।

यस्तै  पुसमा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ३ लाख कारोबार मार्फतत  ७८ अर्ब ७४ करोड बराबरको कारोबार गरेका छन् ।

त्यसैगरी,  क्यु– आर कोड भुक्तानीअन्तर्गत ४ करोड ७३ लाख कारोबारमार्पmत  १ खर्ब २९ अर्ब १८ करोड कारोबार भएको छ ।