गोकुलको व्यंग्य : सर्वोच्चले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षायो, जनमत बटुल्न बाटो तताए हुन्छ
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संसद् पुनर्स्थापनाको विषयलाई लिएर सर्वोच्च अदालतप्रति व्यंग्य गरेका छन् ।
एमाले संस्थापनविरुद्ध फरक मत राख्दै आएका बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘सर्वोच्चले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ । अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ ।’
फेरि चुनावमा गठबन्धनको चर्चा उठिरहेको सन्दर्भमा पनि बास्कोटाले टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘गठबन्धन नेताको हुन्छ, मनबन्धन जनताको हुन्छ । गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ ।
