बुधबार २१ माघ, २०८२

अधिक तरलता व्यवस्थापनका लागि २० अर्ब खिच्दै राष्ट्र बैंक

अधिक तरलता व्यवस्थापनका लागि २० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा तरलता बढेपछि सोको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले ६३ दिने निक्षेप संकलन उपकरण मार्फत २० अर्ब रुपैयाँ तान्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

यसको साँवा र ब्याज भुक्तानी भने आगामी चैत २५ गते हुने बताइएको छ । साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकम बराबर बोलकबोल गर्न सक्नेछन् ।