बुधबार २१ माघ, २०८२

सुपरमाई हाइड्रोपावरद्वारा लाभांष घोषणा

सुपरमाई हाइड्रोपावरद्वारा लाभांष घोषणा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभांष घोषणा गरेको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश र हकप्रद सेयर घोषणा गरेको हो । 

बैठकले हाल कायम चुक्ता पुँजी ५३.५० करोडको २० प्रतिशत बोनस सेयर (कर बाहेक) र कर तिर्नका लागि मात्रै ५९ लाख २७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । त्यसैगरी सोही बैठकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ । 

यो लाभांश प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको अब बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ ।