बुधबार २१ माघ, २०८२

काठमाडौंबाट इस्तानबुल उडेको टर्किस एयरलाइन्सको एक इन्जिमा आगलागि, कलकत्ता अवतरण

काठमाडौंबाट इस्तानबुल उडेको टर्किस एयरलाइन्सको एक इन्जिमा आगलागि, कलकत्ता अवतरण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगलागगि भएको छ ।

टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १ः२८ बजे उडेको लगत्तै दायाँ इन्जिनमा आगलागी भएको विमानस्थल स्रोतले जनाएको छ । 

जहाजका क्याप्टेनले उडेको ४ मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको खबर गरे,’ स्रोतले भन्यो । टर्किसको ‘ए३३०–३०३’ सिरिजको उक्त वाइड बडी जहाजले २२५ यात्रु बोकेको थियो । टर्किस चालकदलले भारतको कोलकाता डाइभर्ट गर्छौं भनेपछि अनुमति दिएको बताइएको छ ।