बिहीबार २२ माघ, २०८२

विश्वकपअघिको तयारी : दोस्रो वार्म अप खेलमा नेपालले क्यानडासँग खेल्दै

विश्वकपअघिको तयारी : दोस्रो वार्म अप खेलमा नेपालले क्यानडासँग खेल्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकपअघिको तयारीस्वरुप अन्तिम वार्म अप खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ । चेन्नईमा हुने खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । नेपालले पहिलो वार्म अप खेलमा यूएईलाई पराजित गरेको थियो ।

नेपालले त्यसअघि मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग र श्रीलंकामा श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेलेको थियो । श्रीलंका ‘ए’ सँग ३ खेल खेल्दा १ खेल मात्र जितेको नेपालले एमसीएलाई दुवै खेलमा हराएको थियो ।

फेब्रुअरी ७ (माघ २४) देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुने टी–२० विश्वकपमा नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ । नेपालले माघ २९ मा इटली, फागुन २ मा वेस्ट इन्डिज अनि फागुन ४ मा स्कटल्यान्डसँग खेल्नेछ ।