नेपाल टेलिकम : एकातिर वार्षिकोत्सव, अर्कोतिर कर्मचारीको मौन विरोध
काठमाडौँ । नेपाल टेलिकमका कर्मचारीहरूले वार्षिकोत्सवकै क्रममा मौन विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार टेलिकमको २२ औँ वार्षिकोत्सवको क्रममा टेलिकममा आबद्ध तीनवटै कर्मचारी सङ्गठनहरूले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले हामी 'अन्यायमा छौँ, न्यायका लागि हाम्रो आवाज' लेखिएको व्यानरसहित विरोध जनाएका हुन् ।
कर्मचारी विनियमावली संशोधन गर्दै वृत्ति विकासको व्यवस्था गर्न उनीहरूले विरोध जनाएका हुन् ।
