बुधबार २० फागुन, २०८२

वाणिज्य विभागद्वारा दुई फर्मलाई जरिवाना , १७ वटालाई सुधारात्मक निर्देशन

वाणिज्य विभागद्वारा दुई फर्मलाई जरिवाना , १७ वटालाई सुधारात्मक निर्देशन

काठमाडौं । नियमित बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ।

विभागका अनुसार काठमाडौं महानगरपालिका–३०, मैतीदेवीमा रहेको श्रेष्ठ खाद्य स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो।

यस्तै, टोखा नगरपालिका–७ मा सञ्चालनमा रहेको घिमिरे रिजन किनारा स्टोर्सलाई पनि १० हजार रुपैयाँ नगद जरिवाना गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा ब्लास्ट फेसन कलेक्सनलाई भने व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

साथै, विभागले थप १७ वटा फर्मलाई सुधारात्मक निर्देशन दिएको जानकारी दिएको छ।