शुक्रबार २३ माघ, २०८२

बैतडी दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख सहयोग, घाइतेको उपचार खर्च व्यहोर्ने

बैतडी दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख सहयोग, घाइतेको उपचार खर्च व्यहोर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । घाइते भएका व्यक्तिहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय समेत गरिएको छ ।

शुक्रबार (माघ २३) सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गरिएको हो ।

बिहीबार (माघ २२) राति बैतडीबाट जन्ती लिएर बझाङतर्फ जाँदै गरेको बस पुर्चौंडी नगरपालिका–७, बडगाउँमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घाइते ३५ जनाको उपचार विभिन्न अस्पतालमा भइरहेको छ ।