साढे ९ हजारले महँगियो सुन, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा नौ हजार ५०० रुपैयाँले उकालो लागेको हो ।
यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ५ सय रुपैयाँमा कायम भएको छ। गत शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ५ हजार १० रुपैयाँ कायम भएको छ ।
